A1

बैंकमा धेरै खाता हुनेहरुको, हुन सक्छन् यी ६ नोक्सानी



विविध कारणले गर्दा ग्राहकले एकभन्दा बढी बैंकमा खाता खोल्ने गर्दछन् । कसैले एउटा जागिर छाडेपछि नयाँ जागिरका लागि अन्य बैंकमा नयाँ खाता खोल्ने गर्दछन् । नयाँ बैंकमा खाता खोल्ने क्रममा ग्राहकले पुरानो खाता बन्द गर्न बिर्सन पनि सक्छन् वा त्यो खाताबारे समय–समयमा जानकारी लिन भुल्ने गर्दछन् । यस्तोमा ती पुराना खातामा बदमासी पनि हुन सक्ने सम्भावना रहन्छ ।

यस्ता खातामा बदमासी भएका कयौँ घटना बेला–बेलामा सार्वजनिक भइरहन्छन् । यदि तपाइँको पनि एकभन्दा बढी बैंक खाता छ र ती खाता निष्क्रिय छन् भने तपाइँको खातामा पनि बदमासी हुन सक्छ । त्यसैले तपाइँका पनि त्यस्ता निष्क्रिय खाता छन् भने त्यस्ता खाता बन्द गरिहाल्नुस् । नत्र भविष्यमा यसले तपाइँलाई ठूलो नोक्सानी पुर्याउन सक्छ । 

१. कुुनै पनि सेलरी अकाउन्टमा लामो अवधिसम्म तलब आएन भने बैंकले त्यो खाता बन्द गरी अन्य खातामा परिवतिर्त गर्न सक्छ । सेलरी अकाउन्ट अन्य खातामा परिवर्तन भएपछि खातालाई लिएर बैंकले आफ्ना नियमहरु बदल्ने गर्दछ । बैंकको खातासम्बन्धी नियमहरु पालना नगर्दा बैंकले तपाइँलाई जरिवाना लगाउँदछ ।
२. एकभन्दा बढी बैंकमा खाता हुँदा यसले तपाइँलाई घाटा हुन सक्छ । तपाइँका ती प्रत्येक खातालाई मेन्टेन गर्न त्यसमा निश्चित रकम राख्न आवश्यक पर्दछ । यसको मतलब एकभन्दा बढी खाता खोल्दा तपाइँको ठूलो धनराशि खाता मेन्टेन गर्नै लाग्दछ ।
३. धेरै बैंकमा खाता हुनु सुरक्षाको दृष्टिकोणले पनि खतरनाक हुन सक्छ । प्रायः सबैले खाताको सञ्चालन इन्टरनेट बैंकका माध्यमबाट गर्ने भएकाले सबैको पासवर्ड याद राख्न मुस्किल पर्ने गर्दछ ।

0 Comments:

Post a Comment

A3