गोकर्णको लिज अवधि बढाउने निर्णयको प्रधानमन्त्री ओलीले गरे बचाऊ

प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण रिसोर्टको २ हजार ७९३ रोपनी जग्गा थप २५ वर्षलाई यति समूहलाई नै लिजमा दिने निर्णयको बचाउ गरेका छन् ।

आतंकवादी संगठन आईएसद्वारा ११ जनाको घाँटी रेटेर हत्या

आतंकवादी समूह स्लामिक स्टेट -आईएस)ले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या गरेको छ ।

काठमाडौंमा यो वर्षकै सबैभन्दा चिसो महसुस, न्यूनतम तापक्रम ०.६ पुग्यो

काठमाडौंमा यो वर्षकै सबैभन्दा चिसो महसुस भएको छ । किनभने काठमाडौंमा शनिबार बिहान ८:४५ बजे गरिएको मापनमा न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस छ ।

चितवन भयो पिपिएल च्याम्पियन, फाइनलमा विराटनगर पराजित

चितवन राइनोजले पोखरा प्रिमियर लिग (पिपिएल) को उपाधि जितेको छ। शनिबार पोखरा क्रिकेट रंगशालामा भएको फाइनल भिडन्तमा चितवनले विराटनगर टाइटन्सलाई ३२ रन पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो।

नेपाल राष्ट्र बैंक ऐनमा संशोधन ? केके हुँदैछ? केके आउँदैछन् नयाँ व्यवस्था ? हेर्नुहोस्

नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनाइएको विधयेकमाथि संसदीय समितिमा छिटै छलफल सुरु हुने भएको छ । अर्थमन्त्रालयले गत भदौ २५ गते नै प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएको यो विधेयक सांसदहरुलाई वितरण भइसकेको छ ।

A1

Showing posts with label Latest News. Show all posts
Showing posts with label Latest News. Show all posts

नेकपा नेताहरूले पाउने भए मासिक भत्ता, कम्तीमा २५ हजार पाउने ! हेर्नुहोस् भिडियो सहित!

 नेकपा नेताहरूले पाउने भए मासिक भत्ता, कम्तीमा २५ हजार पाउने ! हेर्नुहोस् भिडियो सहित!

 

 

Don't forget to like, share with others!

कोरोना संक्रमित कर्मचारीको खर्च, व्यबस्थापन र उपचार बैंकले नै गर्नुपर्ने! सूचना सहित !


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका लागि १४ बुँदे निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले कर्मचारी र ग्राही दुवै पक्षको स्वास्थ्य सुरक्षालाई जोड यिदएको छ । राष्ट्र बैंकले कर्मचारीको कोरोना उपचार र अन्य खर्च बैंकले नै व्यहोर्नुपर्ने पनि जनाएको छ । राष्ट्र बैंकले ५० प्रतिशतभन्दा बढी कर्मचारी प्रयोग नगर्न निर्देशन दिएको छ ।



Global IME Bank को नयाँ सिइओमा रत्नराज बज्राचार्य नियुक्त!



ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकले आगामी चार वर्षका लागि उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंक सञ्चालक समिति बैठकले बज्राचार्यलाई १ भदौदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरेको हो । सनराइज बैंकका पूर्व सिइओ रहेका उनी सनराइज बैंक जानु अघि ग्लोबल आइएमई बैंकमै कार्यरत थिए । (Source: bankingkhabar)

३० जना पछि थप एकमा कोरोना संक्रमण देखियो! यो सहित ३१ पुग्यो!



दुईजना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन नेपालमा थप एकमा कोभिड १९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । 

मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन्। उनको ठेगाना र अन्य विवरण मन्त्रलायले खुलाएको छैन।

आज शनिबार नै काठमाडौंको टेकु अस्पतालबाट एक र बाग्लुगङस्थित धौलागिरी अञ्चल अस्पतालबाट एकजना निको भएर डिस्चार्ज भएका छन्। (Source: ekantipur.com)

बैंकमा धेरै खाता हुनेहरुको, हुन सक्छन् यी ६ नोक्सानी



विविध कारणले गर्दा ग्राहकले एकभन्दा बढी बैंकमा खाता खोल्ने गर्दछन् । कसैले एउटा जागिर छाडेपछि नयाँ जागिरका लागि अन्य बैंकमा नयाँ खाता खोल्ने गर्दछन् । नयाँ बैंकमा खाता खोल्ने क्रममा ग्राहकले पुरानो खाता बन्द गर्न बिर्सन पनि सक्छन् वा त्यो खाताबारे समय–समयमा जानकारी लिन भुल्ने गर्दछन् । यस्तोमा ती पुराना खातामा बदमासी पनि हुन सक्ने सम्भावना रहन्छ ।

यस्ता खातामा बदमासी भएका कयौँ घटना बेला–बेलामा सार्वजनिक भइरहन्छन् । यदि तपाइँको पनि एकभन्दा बढी बैंक खाता छ र ती खाता निष्क्रिय छन् भने तपाइँको खातामा पनि बदमासी हुन सक्छ । त्यसैले तपाइँका पनि त्यस्ता निष्क्रिय खाता छन् भने त्यस्ता खाता बन्द गरिहाल्नुस् । नत्र भविष्यमा यसले तपाइँलाई ठूलो नोक्सानी पुर्याउन सक्छ । 

१. कुुनै पनि सेलरी अकाउन्टमा लामो अवधिसम्म तलब आएन भने बैंकले त्यो खाता बन्द गरी अन्य खातामा परिवतिर्त गर्न सक्छ । सेलरी अकाउन्ट अन्य खातामा परिवर्तन भएपछि खातालाई लिएर बैंकले आफ्ना नियमहरु बदल्ने गर्दछ । बैंकको खातासम्बन्धी नियमहरु पालना नगर्दा बैंकले तपाइँलाई जरिवाना लगाउँदछ ।
२. एकभन्दा बढी बैंकमा खाता हुँदा यसले तपाइँलाई घाटा हुन सक्छ । तपाइँका ती प्रत्येक खातालाई मेन्टेन गर्न त्यसमा निश्चित रकम राख्न आवश्यक पर्दछ । यसको मतलब एकभन्दा बढी खाता खोल्दा तपाइँको ठूलो धनराशि खाता मेन्टेन गर्नै लाग्दछ ।
३. धेरै बैंकमा खाता हुनु सुरक्षाको दृष्टिकोणले पनि खतरनाक हुन सक्छ । प्रायः सबैले खाताको सञ्चालन इन्टरनेट बैंकका माध्यमबाट गर्ने भएकाले सबैको पासवर्ड याद राख्न मुस्किल पर्ने गर्दछ ।

राष्ट्रिय जनगणना २०७८ अपाङ्गतामैत्री हुनुपर्ने माग!


नेपालको संविधानले अपाङ्गता भएको व्यक्तिको हक अधिकार सुनिश्चित गरेकाले अब प्रदेश र स्थानीय तहले बनाउने कानुनमा अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यका विषयमा बढी ध्यान दिनुपर्ने आवश्यकता आँैंल्याइएको छ । साथै, अब तीनै तहका सरकारले १० वटै प्रकारका अपाङ्गताका विषयमा तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन गर्नुपर्ने र आगामी वर्ष हुने राष्ट्रिय जनगणना अपाङ्गतामैत्री हुनुपर्ने सुझाव पनि विज्ञहरूको छ । 

दृष्टिविहीन युवा सङ्घ नेपालले शुक्रबार सार्वजनिक गरेको ‘अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार एवं परिवार नियोजनमा पहुँचसम्बन्धी नीतिगत ढाँचाका सम्बन्धमा अध्ययन’ गरिएको प्रतिवेदनमा सो कुरा उल्लेख छ । अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘‘परिवार नियोजनका साधनहरू अपाङ्गता मैत्री तरिकाले प्याकेज गरिएको हुनुपर्ने, चक्कीको खोलमा ब्रेल चिह्नहरू राखिनुपर्ने र जसले गर्दा दृष्टिविहीन व्यक्तिहरूले पनि त्यसलाई सजिलै प्रयोग गर्न सक्छन् ।’’ 


सबै मानव जातिजस्तै अपाङ्गता भएका व्यक्तिहरू पनि यौनिक हुन्छ भन्ने तथ्यलाई ध्यान दिन पनि सबैसँग आग्रह गरिएको छ । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको समान अधिकार, अनुभूति, यौन इच्छा, आवश्यकता र परिवारका सपनाहरू हुन्छन् अध्ययनमा भनिएको छ । 
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या भानुभक्त ढकालले अपाङ्गता भएका व्यक्तिको अधिकारलाई सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध छ भन्नुहुँदै स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन यस्ता अध्ययनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री ढकालले स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू पनि पारदर्शी हुनुपर्छ भन्नुभयो । 


सङ्घका अध्यक्ष नेत्रहीन युवा सङ्घका अध्यक्ष कलाधर भण्डारी, महासचिव रामचन्द्र गौरे तथा राष्ट्रिय अपाङ्गता महासङ्घ एवं बौद्धिक अपाङ्गता महासङ्घका अध्यक्ष राजु बस्नेतले संविधान र ऐनहरूले व्यवस्था गरेको अधिकारहरू विनियमावली नबन्दा कार्यान्वयनमा नआएको गुनासो गर्नुभयो । कार्यक्रममा मन्त्री ढकालले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि उपयोगी हुने श्रव्यदृश्यसहित सीडीको विमोचन गर्नुभयो । नेपालमा कुल जनसङ्ख्याको दुई प्रतिशत जनसङ्ख्या कुनै न कुनै प्रकारका अपाङ्गता भएका व्यक्ति छन् । 


(Source: gorkhapatraonline.com)
 

A3