A1

नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युटले पौष २१ गतेदेखि बैंकिङ ट्रेनिङ गर्दै


नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युट (बीएमटीआई) ले समग्र विधार्थीहरुलाई लक्षित गरि यही पौष २१ गतेदेखि बैंकिङ ट्रेनिङ सञ्चालन गर्ने भएको छ । पाँच दिन सम्म सञ्चालन हुने तालिममा बैंकिङ क्षेत्रमा करियर बनाउन चाहानेहरुका लागि विभिन्न विज्ञ तथा बैंकर्सहरुले प्रशिक्षण दिनेछन् ।
सबै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार गर्नका लागि बैंकहरुले गाउँगाउँमा शाखा स्थापना गरिरहेका छन् । त्यसैले बैंकिङ रोजगारीका अवसरहरु प्रशस्त आएका छन् । तर व्यवहारिक ज्ञान र बैंकिङ सम्बन्धि पर्याप्त जानकारी नहुँदा बैंकमा खुलेका रोजगरीका अवसरहरुबाट अधिकांश विधार्थीहरु छुट्नु परेको छ । त्यसैले तालिम बैंकिङ क्षेत्रमा प्रवेश गर्नकोलागि सहयोगी बन्ने छ साथै, बैंकिङ करीयरका लागि बैंकले लिने परिक्षा र अन्तरर्वातामा के कस्ता खालका प्रश्नहरु सोधिन्छ, भन्ने विषयमा बैंकिङ विज्ञ, बैंकर्स र केन्द्रीय बैंकका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन ।
(Source: bankingkhabar.com)

4 comments:

A3